बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

अनलाइनमा सामान अर्डर लिने तर डेलिभरी नदिने, १८ लाखबढीकाे ठगी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ साउन । अनलाइनमा सामान अर्डर लिने तर डेलिभरी नदिने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १२ कक्षा सम्मको अध्ययन पुरा गरेका रौतहटका २१ वर्षीया शुभम साह र २३ वर्षीया सत्यम कुमार सहनीलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

- Advertisement -

उनीहरू बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

त्यति मात्र होइन, उनीहरूले ई–सेवाको कर्मचारी हौँ भनेर बैंकखाता लिंकअप, केवाईसी भेरिफाई र सेक्युर ट्रान्सफर चार्जजस्ता प्राविधिक विषयहरू मिलाइदिन्छौ भनेर ओटीपी कोड मागेर पनि ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूले ३२ जना पीडितहरूको ई–सेवामा पहुँच राखेर ठगेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

- Advertisement -

पीडितको ई–सेवा आइडीमा पहुँच बनाएर उनीहरूले पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी मधु थापाले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा धेरै ठगेको भेटिएको छ ।

अनलाइन अर्डर गरेको सामान डेलिभरी नदिएर तथा ई-सेवाको कर्मचारीको आवरणमा कति रकम लिए भन्नेमा उनीहरू नै अनभिज्ञ छन् । आरोपीहरूले प्रहरीसँग भनेका छन्– ‘कति पैसा आयो हेक्का छैन ।’

शुभमले काठमाडौँको नरेफाँटमा अनलाइन गेमका लागि ९० जनालाई शेयर गरेपछि १५ हजार रकम आउँछ भन्दै फेस स्क्यान गर्ने नाममा फोटो खिचेर सो फोटो दुरुपयोग गरेको भेटिएको छ । पीडितको फोटो र नागरिकता दुरुपयोग गरेर उनले ई–सेवा आइडी खोलेर अन्य पीडितहरूको रकम सो आइडीमा ट्रान्सफर गरेको डीएसपी थापाले बताए ।

शुभम र सत्यमको साथमा फेला परेको मोबाइल डिभाइसमा अन्य १३ जना व्यक्तिहरूको ई(सेवा वालेटको युजर आइडी र पासवर्ड फेला परेको छ । प्रहरीमा अहिले उनीहरूविरुद्ध २२ जनाले उजुरी दिएका छन् । अनलाइन अर्डर लिएर सामान नपठाएर ब्लक गरेको कुराकानीको स्क्रिन रेकर्ड उनीहरूको मोबाइलमा भेटिएको छ । अनुसन्धान अधिकृतहरूले ९ जना पीडितहरूलाई सामान डेलिभरी नदिएको तथ्य आरोपीहरूको मोबाइलमा फेला पारेको छ ।

मोबाइलमा भेटिएका विवरण विश्लेषण गर्ने काम भइरहेको डीएसपी थापाले बताए । ‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, डीएसपी थापाले भने ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार