[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

ऊर्जामन्त्री खड्का र विश्व बैंकका देशीय निर्देशक सिसलेनबीच भेटवार्ता

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ ।

- Advertisement -

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए। उनले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए।

- Advertisement -

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे। विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैंकको सहयोग आवश्यक हुने बताए। उनले विश्व बैंकको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे ।

भेटमा विश्व बैंकका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैंकको सधैँ साथ र सहयोग रहने बताए। उनले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ऊर्जासँगै सिँचाइको योजनालाई वल्र्ड बैंकले प्राथमिकता दिने उनको भनाइ थियो ।

ताजा समाचार

spot_img

थप समाचार