शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

मौलिक शैलीमा निर्मित काठमाडौं ८ को भवनको उद्घाटन मेयर र उपमेयरद्धारा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ ।

- Advertisement -

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको बिहीबार महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यो भवनको शिलान्यास कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले गरेका थिए ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए ।तर वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको थियो । तर पछिल्लो पटक कोषले निर्माण गर्न पत्र दिएपछि भवन तयार भएको हो ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नक्साअनुसार सांस्कृतिक र मौलिकताले भरिएको भवन तयार भएको बताए ।

ताजा समाचार

spot_img

थप समाचार