[ndc-today-date]
[ndc-today-date]

तीनकुने घटनामा घाइते रेबिकाका...

काठमाडाैं,०८ जेठ । तीनकुनेमा भएको राजतन्त्र पक्षधरको प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते भएकी उदयपुरकी...

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

जनकपुरमा कुटपिटबाट हत्या गरिएका ठाकुरको शवसहित मिटरब्याज पीडितको प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, १७ साउन । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् ।

- Advertisement -

अस्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुर बजारमा प्रदर्शन गरेका हुन् अस्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन् ।

उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका छन् ।

- Advertisement -

ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको हो ।

ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते छिन् ।

हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मिटरब्याज पीडितलाई बिहीबार ११ बजे वार्तामा बोलाए पनि नआएको बताए । आफन्तले शव जलाउन खोजेपनि मिटरब्याज पीडितले शव नियन्त्रणमा लिएर प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार