Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

स्वास्थ्य बीमा बोर्डमा सबैभन्दा बढी दाबी गर्ने भरतपुर अस्पताल पहिलो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन, १७ साउन । चितवनको भरतपुर अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट स्वास्थ्य बीमा दाबी भुक्तानीवापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको छ ।

अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ५० लाख रुपैयाँ बीमा भुक्तानी लिएको जानकारी दिए ।

अस्पतालमा एकै दिन बीमाका औसत १५ सय र आकस्मिक औसत ८० वटा टिकट काट्ने गरिएको पौडेलले बताए । अस्पतालमा सरदर दैनिक ३० जना बिरामी भर्ना हुने गरेका छन् ।

पौडेलका अनुसार गत असोज ४ गते सबैभन्दा धेरै ओपीडीमा ३ हजार २ जना बिरामीले टिकट काटेकोमा त्यसमध्ये बीमाका मात्रै २१ सय ४३ जना रहेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले हरेक वर्ष बीमा गर्नेहरू २–३ प्रतिशतले बढ्दै गएको बताए । स्थानीय तहहरूले विपन्नहरूको निःशुल्क बीमा गर्न थालेपछि संख्या बढेको र यसले नागरिकलाई सहज भएको पौडेलले बताए ।

भरतपुर अस्पताल बीमाको प्राथमिक र रेफरल दुवै सेन्टरका रुपमा रहेको छ । पौडेलले बीमा गर्दा बिरामीलाई आर्थिक रूपमा निकै सहयोग हुने बताए ।

अस्पतालमा २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम सुरु भएको हो ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलका अनुसार गत आर्थिक वर्षसम्मको १४ करोड रकम अझै पाउन बाँकी रहेको छ ।

अस्पतालमा बीमा कार्यक्रम लागू भएपछि गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १५८ रुपैयाँ दाबी भुक्तानी भएको छ ।

पौडेलको भनाइमा स्वास्थ्य बीमा बोर्डमा सबैभन्दा बढी दाबी गर्ने भरतपुर अस्पताल पहिलो हो । यस अस्पतालपछि दोस्रोमा दाबी भुक्तानी लिनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धुलिखेल अस्पताल रहेका छन् ।

भरतपुर अस्पतलामा बीमा कार्यक्रममा १७ जना कर्मचारीहरूले सेवा दिइरहेका छन् ।

ताजा समाचार

थप समाचार