सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

भाथा बाबालाई पर्यटकीय क्षेत्र घोषण गर्न चौतर्फी माग, मेलामा सोमवार ओर्लियो मानव सागर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,२१ साउन – पर्साको चारभैया पोष्टदेखि झण्डै ८ किलो मिटर भित्र रहेको दुग्धेश्वर मन्दिर ” भाथा बाबा” क्षेत्रलाई पयर्टकीय स्थलको रुममा बिकास गर्न सकिने स्थानिय अगुवाहरुको भनाई छ । साउनमा भाथा बाबा मेला भर्न आउने भक्तजनको चाप यस बर्ष थेगि नसक्ने अवस्थामा पुगेको छ । साउनको तेस्रो सोमवार भाथा बाबा मेलामा भक्तजनहरुको सागर ओर्लिएको छ ।

- Advertisement -

साउनी मेला हेर्न प्रत्येक दिन भक्तजनहरु आउने गरेको भएपनि सोमबार एक देखि डेढ लाख सम्मको हराहारीमा भक्तजनहरु आउने गरेको मेला समितिका अध्यक्ष गेनालाल पटेल बताए । उनले स्थानिय सरकारले धेरथोर मेलालाई व्यवस्थित गर्न बजेट व्यवस्थापन गरेको भएपनि प्रदेश र केन्द्र सरकारले दुश्धेश्वर महादेव मन्दिरलाई प्राथमिकतामा नराखेको बताए । प्रदेश र केन्द्र सरकारले मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषण गरी विकास गर्न सके मेलाबाट राम्रो आम्दनी गर्न सकिने पटेलले बताए । मेला भर्न आउने भक्तजनहरुको चाप अत्याधिक रहेको तथा स्थानिय स्रोत साधनबाट समाजसेवी एवं स्थानिय युवाहरुले मेलालाई व्यवस्थापन गर्दै आएको छ ।

भाथा बाबा मेलामा बारा,पर्सा,रौतहट,मकवानपुर,काठमाडौं सहित भारतको बिहार एवं युपी सम्मको भक्तजनहरु आउने गरेको छ । सोमबार दुग्धेश्वर महादेवको मन्दिरमा जल चढाउन आएको भारत बिहारको पूर्वी चम्मपारण निवासी अमन कुमारले मेलालाई व्यवस्थित गर्नु पर्ने एवं बाहिरबाट आएको भक्तजनहरुलाई सुबिधा दिनु पर्ने बताए । उनले मेलामा पुग्न बहुत कठिन भएको गुनासो गरे । बाटोको सुबिधा राम्रो नभएको, चर्पी तथा राती सुत्ने व्यवस्थापनको अवस्था दनिय रहेको कुमारले बताए ।

- Advertisement -

एक जना अर्का तिर्थयात्री सुजित कुमारले नेपाल आर्मीबाट बाटोमा भक्तजनहरु माथी ज्याती हुने गरेको बताउँदै मेलामा राती सुत्ने तथा खाने व्यवस्था समेत नरहेको बताए । तर पनि महादेव बाबाको महिमा यति धेरै रहेको छ कि नेपाल सहित भारतको बिभिन्न ठाउँबाट भक्तजनहरु हरेक बर्ष मेला भर्न आउने गरेको उनले बताए ।

यता कतिपय भक्तजनहरुले मेला व्यवस्थान राम्रै रहेको भएपनि थोरै सुधार गर्नु पर्ने धारण व्यक्त गरे । एक जना दर्शनार्थी रामेश्वर यादवले मेलाको व्यवस्थापन राम्रै रहेको बताउँदै थोरै कमि कमजोरीलाई सबैले मिलेर हटाउनु पर्ने कुरामा जोड दिए ।

मेला समितिले मन्दिर पर्सा निकुञ्ज आरक्ष क्षेत्र भित्र पर्ने भएको कारण पनि समस्या भइरहेको बताए । रातीको समयमा जंगली जनावरको खतरा रहेको कारण धेरै भक्तजनहरुलाई चारभैया पोष्ट माथी नै रोक्नु पर्ने बाध्यता रहेको मेला समितिको भनाई छ । त्यो दर्शनार्थीहरुको जिवधनको रक्षाको लागि गरिएको मेला समितिका सदस्यहरु बताउँछन् । तर तोकिएको समय भित्र मन्दिर क्षेत्रमा प्रवेश गर्नेहरुलाई खासै समस्या नरहेको मेला समितिको भनाई छ ।

मेलालाई थप व्यवस्थित गर्दै जाने अभियानमा स्थानियहरु लागेको बताउँदै यसमा तीन तहको सरकारको महत्वपूर्ण भुमिका रहेको आदर्श कवरिया समुहको भनाई छ । आदर्श कविरा समूह बिगत लामो समयदेखि मन्दिर निर्माण एवं भाथा बाबा क्षेत्रको विकासमा काम गर्दै आएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार