वीरगन्ज, २४ साउन । पर्साबाट लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।


विशेष सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाउँपालिका–५ सोलखपुरस्थित महुवन पर्टेवासुगौली सडक खण्डबाट महुवनतर्फ आउँदै गरेको ना. ३८ प १८२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका–७ बस्ने ३३ वषर््ीया बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाईछिपाई राखेको लागु औषध गाँजा अढाई केजी र पछाडि सवार सोही ठाउँ बस्ते ५५ वर्षीया देबेन्द्र यादवले आफ्ना शरीरमा लुकाईछिपाई राखिएको लागु औषध गाँजा अढाई केजी गरी जम्मा ५ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरु सवार मोटरसाईकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरिया ल्याइ उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।