बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

लोडसेडिङबारे ऊर्जा मन्त्री र...

काठमाडौं,०७ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका...

सरकारलाई दबाब दिन शिक्षकहरू...

काठमाडौँ,०७ चैत । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो...

महायज्ञको नाममा दलित परिवारको...

जनकपुर,०७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने भन्दै स्थानीय दलित...

ठाकुरराम क्याम्पसमा मतगणना जारी...

वीरगन्ज,०७ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

अनावश्यक दस्तावेज प्राधिकरणलाई नै फिर्ता गर्दै लेखा समिति

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २५ साउन । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका अधिकांश कागज फिर्ता गर्ने भएको छ । समितिले माग्दै नमागेका १ लाख पेजभन्दा बढी कागज प्राधिकरणले बिहीवार पेश गरेपछि समितिले अनावश्यक दस्तावेज नहेर्ने बताएको हो ।

समितिले मगाएका दस्तावेज समितिले अध्ययन गर्ने तर माग्दै नमागेका र अनावश्यक दस्तावेज पठाएको भए त्यो प्राधिकरणलाई फिर्ता गर्ने लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

‘हामीले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् विवाद रहेका ६१ वटा उद्योगहरुको विवादित अवधिको टाइम अफ डे (टीओडी) मिटरको डेटा, प्राधिकरणका तत्कालीन सञ्चालकहरु भक्तबहादुर पुन र मनोज मिश्रको समितिको प्रतिवेदन माग गरेका थियो, वितरण केन्द्र प्रमुखहरुलाई स्पष्टीकरण सोध्ने गर्ने निर्णय प्राधिकरण सञ्चालक समितिले गरेकोमा त्यसको प्रगति विवरण माग गरेका थियौं,’ सभापति पोखरेलले भने, ‘प्राधिकरणले बिहीवार कुन–कुन दस्तावेज पेश गरेको छ भनेर शुक्रवार समिति सचिवालयले हेर्छ ।’

समितिले जे मागेको छ, ती दस्तावेज अध्ययन गर्ने र नमागेका र अनावश्यक दस्तावेज फिर्ता गर्ने सभापति पोखरेलले बताए ।

ताजा समाचार

spot_img

थप समाचार