[ndc-today-date]
[ndc-today-date]

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२५ साउन, काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्। शुक्रबार काठमाडौंमा ३० औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाई थियो।

- Advertisement -

अहिले २०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गरे। जनतालाई अधिकार सम्पन्न बनाउनका लागि २००७ साल, २०४६ साल र २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै  सिंहले कांग्रेस नेतृत्वमा जारी भएको २०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए।

थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताए। ‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ। जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छ ?’, उपप्रधानमन्त्री सिंहले भन्ने,  ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो की भन्ने हल्ला चलाइएको छ। गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’

- Advertisement -

२०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गछौं भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनका लागि सरकार अघि बढेको बताए।

ताजा समाचार

spot_img

थप समाचार