२६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन्। यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।


पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए।