वीरगन्ज, २६ साउन । नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा पर्सामा वृक्षारोपण गरिएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका सम्पूर्ण प्रहरी इकाइहरुको कार्यालय परिसरमा विभिन्न् प्रजातिका फलफूलका बोटविरुवा रोपिएको हो ।


प्रहरीका अनुसार ३५१ वटा विरुवाहरुमा आँप, कटहर, लिच्ची तथा अम्वलगायतका विरुवाहरु रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेल, प्रहरी नायब उपरिक्षक दिपक भारती, सुवाष भट्ट, सिनियर प्रहरी अधिकृतहरु लगायत वीरगन्ज महानगरपालिकाका विभिन्न संघ सस्ंथाका पदाधिकारीहरु, समाजसेवीहरु लगायतको उपस्थिती रहेको प्रहरीले जनाएकाे छ ।