Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई संयोजक महतोले दिए बधाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ साउन । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बंगलादेशका नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई बधाई दिएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संयोजक महतोले नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाईसहित सुखद कार्यकालको कामना गरेका हुन् ।

विज्ञप्तिमा संयोजक महतोले सर्वपक्षीय छलफल गरी छिटोभन्दा छिटो संक्रमणकाल अन्त्य गरी निर्वाचनको मिति घोषणा गरी लोकतन्त्रको बहाल गर्न समेत बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै महतोले आन्दोलन र सङ्घर्षको नाममा अल्पसङ्ख्यक हिन्दु र बौद्धहरूमाथि भइरहेको ज्यादती र बर्बर दमनको भर्त्सना समेत गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्– ‘मानवतालाई नै लज्जित गर्ने यस खालको दुर्व्यवहारले पुरै विश्व मानव समाजलाई प्रभावित गरिरहेको र त्यसको विरुद्धमा विश्वभरि नै प्रतिकार हुनसक्ने सम्भावना रहेकोले तत्काल यस्ता घटनाहरू नियन्त्रण गर्न समेत बंगलादेशी सरकारलाई आग्रह गर्दछौँ ।’

ताजा समाचार

थप समाचार