Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

विश्वप्रसिद्ध पञ्चबर्षीय गढिमाई मेलाको तयारी सुरु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बरियारपुर,०७ भदाै । बाराको महागढ़ीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा जुटेको छ । मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्य सहित तयारीमा जुटेको नगर प्रमुख उपेन्द्र यादवले बताए । बरियारपुर स्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरु धमाधम भईरहेको उनले बताए ।

- Advertisement -

नगर प्रमुख यादवका अनुसार दक्ष प्राविधिक टोली खटाई पार्किङ्ग व्यवस्थापनको कामलाई अगाडी बढाईएको छ । मेला हेर्न आउने श्रद्धालु भक्तजनका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणमा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाईकल र साईकलको पार्किङ्ग राख्ने स्थानहरुको व्यावस्थापनका लागि अनुगमन र निरीक्षण गरि स्थान छनौट गरिसकिएको छ ।

भक्तजन र प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरु तथा राष्ट्र प्रमुख राष्ट्रपति सहित विभिन्न मन्त्री र उद्योगपतिहरूलाई शोभायात्रा र मेला उद्धघाटनमा सहभागी गराउनका निमित्त निमन्त्रणाका लागि काम सुरु भैसकेको नगर प्रमुख यादवले जानकारी दिए ।

खानेपानी व्यवस्थापनका लागि १०० भन्दा बढी सार्वजनिक धाराहरू जडान गरिएको उनले बताए । भारतको रक्सौल, आदापुर, छौडादनो, घोडासाहन लगायतका भारतीय नाकाहरु देखी गढीमाई सम्मको बाटो विभिन्न स्थानिय तहहरुसंगको समन्वय र पहलमा कालोपत्रे गरिएको र बाँकी रहेको सडकहरुको काम चाडै नै पुरा गरिने नगर प्रमुख यादवको भनाई छ ।

मुल बाटो र चोकहरुमा सोलार बत्ती र टावर लाईट जडान गरिएको उनले बताए । मेलामा सुरक्षाको विषयलाई मध्ये नजर गरि नगर प्रहरीहरूको संख्या बढाइएको छ साथै महागढीमाईनगरपालिका क्षेत्रमा पर्ने मठमन्दिरहरूलाई दिनहु सरसफाई गर्ने कामलाई तिव्र बनाइएको छ ।

विगतको जस्तै यसवर्ष पनि दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य शोभायात्राको समुद्घाटन गराई बिश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को शुभारम्भ गरिने योजना रहेको नगर प्रमुख यादवले बताए । उनका अनुसार मेलाको तयारीका आवश्यक ८० प्रतिशत कार्य भईसकेको छ ।

ताजा समाचार

spot_img

थप समाचार