सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

स्थिरता, सुशासन र विकासका लागि वर्तमान सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०७ भदाै । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति, समृद्धि, र विकासको लागि बनेको बताएका छन्। शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले सरकारको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थिरता कायम गर्नु रहेको स्पष्ट पारे।

- Advertisement -

उनले पछिल्लो डेढ वर्षमा मुलुकमा देखिएको राजनीतिक अस्थिरताले आम नागरिकमा निराशा पैदा गरेको र यसलाई चिर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे। गृहमन्त्री लेखकले अस्थिरताको कारण सेवा प्रवाहमा प्रत्यक्ष असर परेको, विकास निर्माणका कामहरूमा गति आउन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको, र भ्रष्टाचार नियन्त्रणमा जटिलता देखिएको बताए।

लेखकले भने, “अहिले मुलुकमा दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ। यो समीकरण मुलुकमा स्थिरता, सुशासन, र दिगो शान्तिका लागि बनेको हो। यसलाई सफल बनाउनुको विकल्प छैन।”

- Advertisement -

उनले गठबन्धन भत्काउने र बनाउने प्रक्रियाले देशको विकास र जनताको सेवामा असर गरेको उल्लेख गर्दै, अबको समीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

गृहमन्त्रीले जनतामा रहेको निराशालाई आशामा बदल्न र मुलुकमा दीर्घकालीन शान्ति र समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

ताजा समाचार

spot_img
spot_img

थप समाचार