Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९५ जनाको मृत्यु

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

७ भदौ, काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ ।बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको हो ।

- Advertisement -

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् ।

- Advertisement -

वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार