मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

कालिकामाई गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न, कर्मचारी पुनःबहालीको माग सभाबाट अस्विकृत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,३० भदौं – पर्साको कालिकामाई गाउँपालिकाको १० औं गाउँसभामा सम्पन्न भएको छ । गाउँसभामा उपस्थित वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले हस्ताक्षर गर्ने क्रममा म्यानुट बुक च्याती दिएको भएपनि अर्को म्यानुट त्यारपारी गाउँसभा सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले बताए । उनले बिपक्षीहरुले म्यानुट च्यातेर गाउँसभा भाड्ने प्रयास गरेको भएपनि असफल भएको बताए ।

- Advertisement -

गाउँसभामा उपस्थित बहुमत कार्यपालिका सदस्यहरुले संम्यता अपनाउँदै सभा सफल पारेको अध्यक्ष गुप्ताले दावी गरे ।
बिधिपूर्ण रुपमा भइरहेको गाउँसभामा वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले बिरोध जनाउँदै म्यानुट बुक च्यातेर सभा बिथोल्न खाजेको भएपनि उनको योजना असफल भएको सभामा सहभागी अध्यक्ष पक्षधर वडा अध्यक्षहरुले बताएका छन् ।

सम्पन्न भएको गाउँसभालाई उपाध्यक्ष राजमती वैरनी, वडा नं २ का वडा चौरसिया,वडा नं. ३ का वडा अध्यक्ष संजय पटेल,वडा नं. ४ का वडा अध्यक्ष संजय साह गोढ सहितका पक्षले बहिस्कार गरेका छन् । उनीहरुले आफुहरुको पक्षमा बहुमत रहेको भएपनि बलजफ्ती आर्थिक चलखेल गरी गाउँपालिकाका अध्यक्षले एकलौटी रुपमा गाउँसभा सम्पन्न भएको घोषणा गरेको दावी गरेका छन् । गाउँसभाको बिरोध जनाउँदै वडा नं. ४ वडा अध्यक्ष संजय साहले आफुहरु अदालतको सरणमा जाने बताए ।

- Advertisement -

यता लामो समयदेखि निकासित १० जना कर्मचारीको पूनःबहालिको प्रस्तावलाई गाउँसभाले अस्विकृत गरेको छ । निकासित कर्मचारीलाई काममा नफर्काइने गाउँसभाले पारित गरेको छ । सभाले ३४ करोड ८३ लाख १७ हजार ७ सय ४० रुपैया बराबरको बजेट पारित गरेको छ ।

चालुगत तर्फको बजेटमा वडा स्तरीय योजनाका लागि प्रत्येक वडालाई ८० लाख र उपाध्यक्ष स्तरीय योजनाका लागि १ करोड ४० लाख बराबरको बजेट गाउँसभाले छुटयाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए । पालिका स्तरीय योजनाका भने लागि २ करोड १० लाख रुपैया बराबरको बजेट गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकी अधिकृत गिरीले बताए ।

गाउँसभा सक्ने बितिकै गापा अध्यक्ष गुप्ता सदरमुकामका लागि हिडेको र म्यानुट च्याने तथा सभा भाड्ने प्रयास गर्नेहरुको बिरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार