Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

शिक्षा ऐन ल्याउन नसक्ने...

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत...

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...

शिक्षक आन्दोलनलाई सत्ता अस्थिर...

काठमाडौँ,१६ वैशाख । सत्तारूढ नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूको संवेदनशील मागलाई राजनीतिक अस्त्रको रूपमा...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
30.6 C
Birgunj
spot_imgspot_imgspot_img

जितेन्द्र सोनललाई पार्टीले सोध्यो स्पष्टिकरण,जवाफ नदिए पार्टीबाट आउट हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,३० भदौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई पार्टीले स्पष्टीकरण सोधेको छ । बाराको क्षेत्र ४ (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएका सोनलमाथी आफुखुशी आफैलाई संसदीय दलको नेता घोषणा गरेको पार्टीले आरोप लगाएको छ ।

- Advertisement -

पार्टीको निर्देशन र मनयास बिना मा. जयनुल राईनको अध्यक्षतामा बैठक बोलाई आफुलाई संसदीय दलको नेता घोषणा गरेको तथा सभामुख समक्ष पेश गरेकोमा यो पार्टीलाई कदापी मान्य नहुने स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।
लोसपा अध्यक्ष महन्त ठाकुरद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा ३ दिन भित्र चित बुझ्दो जवाफ माग गरिएको छ । चित बुझ्दो जवाफ नआएको खण्डमा पार्टीबाट निसकान गरिने सोनललाई चेतावनी दिइएको छ ।

- Advertisement -

लोसपा अध्यक्ष ठाकुरले आइतवार नै एक पत्र मार्फत सभामुख मधेश प्रदेश एवं सभा सचिवालय मधेश प्रदेश जनकपुरधामलाई सम्बोधन गर्दै प्रदेश संसदीय दलको नेताको हकमा पार्टीले अर्को कुनै अधिकारीक निर्णय नगरेको जनाउँदै हालका लागि लोसपा मधेश प्रदेश संसदीय दलको नेताको रुपमा अभिराम शर्मालाई नै निरन्तरता दिन अनुरोध गरेका छन् ।

सोनलले गल्ती गरेको भन्दै पार्टीलाई चित बुझ्दो जवाफ दिनु पर्ने लोसपाका एक नेताले नेपाल पोष्टलाई बताए । नत्र यो हर्कतसँगै लोसपामा उनको साढेसाती शुरु हुने अध्यक्ष ठाकुर नजिक रहेका ती नेताको भनाई थियो ।

ताजा समाचार

spot_img

थप समाचार