मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

ट्रम्पमाथि फेरी हमलाको प्रयास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

३१ भदौ, न्यूयोर्क अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो । सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए । तर यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन ।

- Advertisement -

ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ति व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन  सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ । राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् । आफ्ना समर्थकहरूलाई दिएको सन्देशमा डोनाल्ड ट्रम्पले आफू सुरक्षित रहेको बताएका छन् । मेरो वरिपरि गोलीको आवाज सुनियो, तर घटनाको बारेमा अफवाहहरू फैलनु अघि, आफु ठीक र सुरक्षित रहेको जानकारी गराएका छन् । उनले आफुलाई चुनावी अभियानबाट कसैले हटाउन नसक्ने बताए ।

- Advertisement -

यसैबीच राष्ट्रपति चुनावमा उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले यो घटनाको निन्दा गरेकी छन् । यसअघि जुलाई १४ मा पेन्सिलभेनियामा ट्रम्पको र्‍यालीमा गोली चलेको थियो । उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

आक्रमणकारी २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा पहिचान गरिएको थियो, जसलाई आक्रमणको लगत्तै गोप्य सेवा स्नाइपरहरूले मारेका थिए । ट्रम्प आक्रमणबाट थोरै मात्र बचेका थिए र गोली उनको कानलाई छोएर गएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार