मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

गढीमाई मन्दिरको प्राङ्गणमा विवाह मण्डपकाे निमार्ण कार्य सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३१ भ्दौ । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियातपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणमा विवाह मण्डपको निर्माण कार्य संम्पन्न भएको छ । झट हेर्दा जनकपुरको जानकी मन्दिरको झल्को आउने यो मण्डपको उद्घाटन दशैयता नै हुने भएको छ ।

- Advertisement -

गढीमाई मेलाको लागि प्रदेश सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको विवाह मण्डपको उद्घाटन यही मशिरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा आउने दर्शनार्थीहरुलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ यहीँ असोज महिनको दशैमा उद्घाटन गर्ने तयारी भइरहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष राचन्द्र साहले जानकारी दिए ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई सेवा दिनका लागि उक्त मण्डपको निमार्ण गरिएको अध्यक्ष रामचन्द्र साह बताउँछन् ।
मण्डपमा अझैँ पनि केहीँ काम गर्न बाँकी रहेको र सम्पुर्ण तयारी सकेर मण्डपको उद्घाट गरी २०८१ सालको गढीमाई मन्दिरको पञ्चवर्षीय मेलामा आउने भक्तजनहरुलाई सेवा दिने लक्ष्यका साथ काम भईरहेको उनले बताए ।

- Advertisement -

प्रदेश सरकारको सहयोगमा निमार्ण भएको यो मण्डपले साढे आठ कठ्ठा जमिन ओगटेको छ । गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले किनेको जग्गाको मूल्य त्यतिबेलाको समयमा १० लाख कठ्ठा रहेको थियो । प्रदेश सरकारको सहयोगमा सात करोड भन्दा बढी ८ करोडको हाराहारीको लगानीमा यो मण्डप तयार भएको अध्यक्ष यादवले बताए । सबै काम पुरा भईसकेको र खाट तथा ओढ्ने ओछाउने को व्यवस्था गर्न मात्र बाँकी रहेको उनको भनाई छ ।
जुनसुकै सार्वजनिक कार्य गर्दा पनि विभिन्न किसिमका अफ्ठ्यार बाधा, अवरोधहरु आउने बताउँदै गढीमाईको कृपाले यो मण्डप निमार्ण संम्पन्न गर्न आफूहरु सफल भएको उनले बताए । विवाह मण्डपमा जम्मा २ वटा हल र २ वटा मण्डप रहेको र एकैपटक एक भन्दा बढी विवाह सम्पन्न गर्न सकिने उनले बताए ।
दशै अगाडीनै यसको सम्पुर्ण कार्य सम्पन्न गर्ने तर्फ आफूहरु लागी परेको बताए । वैवाहिक कार्यक्रममा आएका सेवाग्राहीहरुलाई बस्न चाहेको खण्डमा १ देखि ४ वटासम्म कोठा उपलब्ध गराउन सकिने उनले जानकारी दिए ।
यस मण्डपलाई व्यवस्थित गर्न गढीमाई समितिमा राजनितिक हत्क्षेप नरहेको र नगरपालिका , पुजारी,आम जनसमुदायको सहयोग प्राप्त भएको उनको भनाई छ ।
स्थानीय सरकार, गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति स्थानीयबासी सबै पक्ष आ–आफ्नो ठाउँमा सक्रिय भई सरसफाई लगायत सम्पुर्ण कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष यादवले बताए ।

उनका अनुसार मन्दिरमा आउने दर्शनाथीहरुलाई सेवा प्रवाह गर्ने तथा यस पवित्र गढीमाई मन्दिरको प्राङ्गणमा आएर वैवाहिक बन्धनमा बाधिन चाहनेहरुलाई सेवा प्रवाह गर्ने लक्ष्यका साथ यस मण्डपको निमार्णो गरिएको र यस वर्षको पञ्चवर्षीया गढीमाई मेलामा आउने दर्शनार्थीहरुले भरपुर सुविधा पाउने छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार