Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

पाकिस्तानका १० सांसदलाई जमानत दिइयो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ।

- Advertisement -

राजधानी इस्लामावादमा एक ठूलो र्‍यालीको नेतृत्व गरेको दुई दिनपछि खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका १० सांसदसहित कम्तीमा ३० जनालाई गत मंगलबार हिरासतमा लिइएको थियो।

आतङ्कवादविरोधी अदालतले उनीहरूलाई जमानतस्वरूप ३० हजार भारतीय रूपैयाँ तोकिएको छ।

- Advertisement -

गत वर्षको अगष्टमा खानलाई जेल चलान गरिएपछि पीटीआईले व्यापक दमनको सामना गर्नुपरेको छ। यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित आफूलाई सत्ताबाट टाढा राख्नका लागि डिजाइन गरिएको योजनाका रूपमा पूर्वप्रधानमन्त्री खानले आरोप लगाउँदै आएका छन् ।

जमानतमा रिहा गरिएका ती १० जना सांसदमध्ये कतिपयलाई राष्ट्रिय सभाको कार्यालयमा नै सुरक्षा नियन्त्रणभित्र राखिएको थियो । उनीहरूमथि आतङ्कवादविरोधी ऐनअन्तर्गत मुद्दा चलाइएको थियो।

उनीहरूमाथि र्‍याली हुनुभन्दा केही दिनअघि पारित गरिएको शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यस घटनालाई लिएर अधिकारवादी समूहहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध प्रदर्शनलाई कुण्ठित गर्ने प्रयास भएको बताएका छन्।

दुई वर्षअघि खानलाई पदच्युत गरेदेखि नै पीटीआई र सेनाबीचको विवाद बढेको छ। सन् २०२३ को मे महिनामा भ्रष्टाचारको आरोपमा पूर्व क्रिकेट स्टार खान पक्राउ परेपछि यो विवाद उत्कर्षमा पुगेको थियो।

उनका समर्थकहरूले खानको पक्राउ अवैध रहेको र यो राजनीतिक पूर्वाग्रहका कारण रचिएको प्रपञ्चका रूपमा व्याख्या गर्दै दवावका लागि भन्दै हिंस्रक विरोध प्रदर्शन र सैन्य प्रतिष्ठानहरूसमेतमा आक्रमण गरेका थिए ।

पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको सेनाले पीटीआईमाथि व्यापक प्रतिबन्ध र दमन सुरु गरेको थियो ।

प्रतिबन्धले खानको लोकप्रियता घटाउन असफल भएको छ । पूर्व प्रधानमन्त्रीद्वारा समर्थित उम्मेदवारहरूले २०२४ को चुनावमा सबैभन्दा बढी सिट जितेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार