वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन भएको छ। मञ्चको अध्यक्षतामा रजत बजाज चयन भएका छन् ।
मञ्चको पदाधिकारीमा अननन्या रुंगटा ९लर्निंग चेयर०, दीपक साह ९स्टार्ट अप चेयर०, आयुषी तुल्स्यान ९कम्युनिकेशन एण्ड नेटवर्क चेयर०, मोहित खण्डेलवाल ९फाइनान्स चेयर० र तनुश्री अग्रवाल ९मेम्बरशिप चेयर० रहेका छन्।
वीरगन्जस्थित होटल लर्डस दियालोमा सोमबार आयोजित समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले च्याप्टरको उद्घाटन गरे ।त्यसअवसरमा बोल्दै मुख्यमन्त्री सिंहले कृषि, उद्योग र जनशक्तिको सहयोगमा प्रदेशमा समृद्धि हाँसिल गर्न सकिने बताए।
उनले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले युवाहरूलाई विदेश पलायन कम गर्न र स्वदेशमै सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिँदै आएको उल्लेख गरे।युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान भइरहेको बताउँदै उनले परिसंघले सञ्चालित ‘सीप नेपाल’ कार्यक्रमअन्तर्गत ४,३०० युवालाई विभिन्न सीप प्रदान गरेको जानकारी दिए।
मधेस प्रदेशका परिसंघ अध्यक्ष प्रमोद कुमार साहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न यो मञ्च महत्त्वपूर्ण रहेको धारणा राखे। यसले विद्यमान बेरोजगारी समस्या समाधान गर्न नवाचारमार्फत उत्पादनशक्ति बढाउने योजना अघि सारेको बताए।
नवगठित मञ्चका अध्यक्ष रजत बजाजले कार्यक्रमको समापनमा मञ्चको लक्ष्य मधेस प्रदेशको उद्योग र व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनु रहेको प्रतिबद्धता जनाए।