मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

- Advertisement -

माओवादीले गत भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसैबीच कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।

- Advertisement -

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने कांग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन् ।

बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । जसका लागि एमाले–कांग्रेसको सांसद सङ्ख्या पर्याप्त छ। गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार