Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

कृषिमा प्राथमिकता भनेको नारामै...

जनकपुर,०२ असार । सडकदेखि संसदसम्म किसान आन्दोलनमार्फत सत्तामा पुगेको जनमत पार्टी नेतृत्वको मधेश...

साना किसानलाई सहज ऋण...

काठमाडौं,०२ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरूलाई लक्षित...

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

तथ्यहीन समाचार आएको भन्दै अध्यक्ष राउतले दिए तीन निकायमा उजुरी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ असाेज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् ।

- Advertisement -

डा. राउत आफू र पत्नीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै राज्यका तीन निकायमा उजुरी गरेका हुन् । शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।

- Advertisement -

विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले फिराद पत्रमा लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्‍याएको उनले फिराद पत्रमा लेखेका छन् ।

राउतले पत्नीको मानसिक अवस्था ठिक नरहेको फिराद पत्रमा लेखेका छन् । सम्बन्ध विच्छेदको माग गर्दै आएकी उनले हाल भने नमानेको बताएका छन् ।

पत्नीले सम्बन्ध विच्छेद माग गरेको अवस्थामा छुट्टै हुने गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको राउतले उजुरीमा लेखेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार