मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ भदाै । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या आएको छ । वेबसाइटमा हाल लेखामान बोर्ड नामक चार्टर्ड एकाउन्टको लिंक खुलिरहेको छ । नेपाल सरकारबाट नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम गठित बोर्डको डिटेल बोर्डको वेबसाइटमा देखिन्छ ।

- Advertisement -

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले अहिले वेबसाइटमा समस्या देखिएको बताए । सिंहदरबारमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा समस्या आएपछि त्यसमार्फत सञ्चालनमा रहेको बोर्ड लगायत अन्य निकायहरूको वेबसाइटमा समस्या देखिएको उनको भनाइ छ ।

‘केन्द्रको डाटा सेन्टरमा समस्या देखिएको छ । जसले गर्दा त्यहाँबाट सञ्चालन हुने हाम्रो लगायत अन्य विभिन्न निकायको वेबसाइटमा समेत समस्या देखिएको छ । यो बनाउने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने ।

- Advertisement -

बोर्डको मुख्य वेबसाइटमा समस्या आएपछि अहिले बोर्डबाट जारी गरिने सूचनाहरू WWW.SEE.GOV.NP मार्फत सार्वजनिक गर्दै आएको छ । समस्याको समाधानका लागि काम भइरहेको र केही दिनमा ठिक हुने उनको भनाइ छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार