Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटको गौर अस्पतालमा अख्तियारको छापा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०१ असाेज । गौर स्थित प्रादेशिक अस्पतालमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। बा.एडि ९०६४ नम्बरको गाडीमा आएको अख्तियारको टोलीले अस्पतालको स्टोर रुममा खरिद भएको औषधि र उपकरणहरू भए-नभएको जाँच गरी मुचुल्का तयार पारेको हो।

- Advertisement -

श्रोतका अनुसार, टोलीले आवश्यक परिमाणमा उपकरण र औषधि फेला नपरेपछि मुचुल्कामा सो विवरण समावेश गरिएको छ। छापापछि टोलीले स्टोरकिपर राम अश्रे मुखियासँग केही समय सोधपुछ गरेपछि फर्किएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

अस्पतालका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएका छन् कि अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले औषधि उपकरण खरिद प्रक्रियादेखि भवन मर्मत र टेन्डर प्रक्रियासम्ममा व्यापक भ्रष्टाचार गरेको आरोप छ।

- Advertisement -

स्रोतका अनुसार, टेन्डर प्रक्रिया गोप्य रुपमा गरि, टिकट काउन्टरको रकम, ईन्धन, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना, र निजी क्लिनिक तथा ल्याबसँगको मिलेमतोमा लाखौं रकम अनियमितता गरिएको छ।

स्थानीय बासिन्दाले अस्पतालमा भ्रष्टाचार र अनियमितताको चर्को आलोचना गर्दै सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि उनीहरू मौन रहेको गुनासो गरेका छन्।

अस्पतालमा कर्मचारीहरु अध्यक्ष साहमी र मेडिकल सुपरिटेन्डेन्ट ठाकुरको अनियमितता छानबिन हुँदा आफूहरू फस्ने त्रासमा रहेको बताइएको छ। केही चिकित्सकहरूलाई सरुवाको डर देखाई दबाब दिने र हप्काउने प्रयास गरिएको आरोप पनि लागेको छ।

सम्बन्धित निकायले यस विषयमा छिटो छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै स्थानीय नागरिकहरू आक्रोशित भएका छन्।

ताजा समाचार

spot_img

थप समाचार