Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राष्ट्रसङ्घ, १ असाेज । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य , पिउने पानी, सरसफाईजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

- Advertisement -

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।

लामो द्वन्द्व सँगै बाढीका कारण पटक-पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ । विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालीकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

- Advertisement -

ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षतिग्रस्त हुँदा तीन लाख मानिसहरू विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् ।

‘सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी,सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धिकरण ‘ट्याब्लेटहरू’ प्रदान गरिरहेको कार्यलयले उल्लेख गरेको छ ।

ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ ।

कार्यलयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ । बाढीका कारण नाइजेरियामा तीन करोड बीस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

कार्यलयका अनुसार बाढीका कारण ‘बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन भने दुईलाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।

खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार