Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

२ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गर्‍यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

- Advertisement -

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको छ ।

आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड संकलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

- Advertisement -

त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ । दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो ।

दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ । १४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ ।

वित्तीय हस्तान्तरणमा ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । दुई महिनामा गरिएको खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो ।

ताजा समाचार

spot_img

थप समाचार