मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी बनाउने हो : देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् । काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताएका हुन् । 

- Advertisement -

संविधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भने- ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन । साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलोपटक जेलमा भेटेको हुँ । हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं । यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं ।’

सभापति देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने तर प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । उनले भने- ‘प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ ।’

- Advertisement -

उनले राजनीतिबाट अहिले पनि कतिपय समाज टाढा रहेकाले समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा समस्या रहेको बताउँदै अझ बढी समावेशी बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार