Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रणमा

spot_img

रौतहट,१० असाेज । रौतहटको राजपुर नगरपालिकाका दुई वडामा फैलिएको हैजा हाल नियन्त्रणमा आएको छ। स्थानीय प्रशासनले समयमै निषेधित क्षेत्र घोषणा गरी डाक्टरहरूको निरन्तर प्रयासबाट कुनै पनि व्यक्तिको ज्यान गुमाउनु परेन।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख (सिडियो) हिरालाल रेग्मीले हैजा फैलिन नदिन ६ गते एक सूचना जारी गर्दै वडा नम्बर ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए। जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको क्षेत्रलाई निषेधित गरिएको थियो। यस क्षेत्रमा अत्यावश्यक बाहेक सवारी साधन र माछा-मासु ओसारपसार तथा बिक्रीमा रोक लगाइएको थियो।

हैजा प्रभावित क्षेत्रमा सुरक्षा अधिकारीहरूको टोली, जसमा सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ र राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह समेत थिए, स्थलगत अनुगमन तथा निरीक्षणपछि निषेधित क्षेत्र घोषणा गरिएको हो।

राजपुर वडा नम्बर ४ मा २ गते एकजना बिरामीमा देखा परेको हैजा ६ गतेसम्म वडा ३ मा समेत फैलिँदा ६० भन्दा बढी महिला, पुरुष र बालबालिका संक्रमित भएका थिए। यसपछि नगरपालिकाको अनुरोधमा वडा ४ लाई निषेधित गरिएको सिडियो रेग्मीले बताए।

सभी संक्रमितलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् कि अहिले सम्म ६० भन्दा बढी बिरामी निको भइसकेका छन्। हाल मात्र १ जना संक्रमित महिलाको उपचार भइरहेको छ भने अन्य सबै संक्रमितहरू निको भइ घर फर्किसकेका छन्।

राजापुरका मेयर राजिक आलमको पहलमा ६ गते प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा आवश्यक औषधि र डाक्टरहरूको टोली हैजा प्रभावित क्षेत्रमा पठाइएको थियो। डाक्टरहरूको अथक प्रयासबाट संक्रमितहरू क्रमशः निको हुँदै गएका छन्।

स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहका अनुसार दूषित खाने पानीको प्रयोगका कारण हैजा फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

spot_img

ताजा अपडेट

लोकप्रिय