Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रणमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१० असाेज । रौतहटको राजपुर नगरपालिकाका दुई वडामा फैलिएको हैजा हाल नियन्त्रणमा आएको छ। स्थानीय प्रशासनले समयमै निषेधित क्षेत्र घोषणा गरी डाक्टरहरूको निरन्तर प्रयासबाट कुनै पनि व्यक्तिको ज्यान गुमाउनु परेन।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख (सिडियो) हिरालाल रेग्मीले हैजा फैलिन नदिन ६ गते एक सूचना जारी गर्दै वडा नम्बर ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए। जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको क्षेत्रलाई निषेधित गरिएको थियो। यस क्षेत्रमा अत्यावश्यक बाहेक सवारी साधन र माछा-मासु ओसारपसार तथा बिक्रीमा रोक लगाइएको थियो।

हैजा प्रभावित क्षेत्रमा सुरक्षा अधिकारीहरूको टोली, जसमा सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ र राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह समेत थिए, स्थलगत अनुगमन तथा निरीक्षणपछि निषेधित क्षेत्र घोषणा गरिएको हो।

- Advertisement -

राजपुर वडा नम्बर ४ मा २ गते एकजना बिरामीमा देखा परेको हैजा ६ गतेसम्म वडा ३ मा समेत फैलिँदा ६० भन्दा बढी महिला, पुरुष र बालबालिका संक्रमित भएका थिए। यसपछि नगरपालिकाको अनुरोधमा वडा ४ लाई निषेधित गरिएको सिडियो रेग्मीले बताए।

सभी संक्रमितलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् कि अहिले सम्म ६० भन्दा बढी बिरामी निको भइसकेका छन्। हाल मात्र १ जना संक्रमित महिलाको उपचार भइरहेको छ भने अन्य सबै संक्रमितहरू निको भइ घर फर्किसकेका छन्।

राजापुरका मेयर राजिक आलमको पहलमा ६ गते प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा आवश्यक औषधि र डाक्टरहरूको टोली हैजा प्रभावित क्षेत्रमा पठाइएको थियो। डाक्टरहरूको अथक प्रयासबाट संक्रमितहरू क्रमशः निको हुँदै गएका छन्।

स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहका अनुसार दूषित खाने पानीको प्रयोगका कारण हैजा फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

ताजा समाचार

spot_img

थप समाचार