मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

आज‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित रेबिजविरुद्धको दिवस मनाईंदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १२ असाेज । आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ ।

- Advertisement -

यसवर्ष विश्व रेबिजविरुद्धको दिवस, ‘रेबिजको सीमा तोड्दै’ तय गरिएको छ । नेपालमा ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्षको रेबिजविरुद्धको दिवस मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुर, बिरालो, स्याल, चमेरोलगायत सङ्क्रमित जनावरको टोकाइबाट रेबिज सर्छ । रेबिजबाट बच्नको लागि टोकाइपछि तुरुन्तै खोप लगाउनु डाक्टरको सुझाव छ । घरमा पालेको कुकुरमासमेत सङ्क्रमण हुन सक्ने भएकाले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन सुझाव छ ।

- Advertisement -

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर लक्ष्य पूरा गर्न चुनौती कायमै छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार