Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

नगरप्रमुख यादवको अध्यक्षतामा बिश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलाकाे व्यवस्थापन मुल समिति गठन

spot_img

उमेश कुमार/बारा,१४ असाेज- बाराकाे महागढीमाई  नगरपालिकाकाे बरियारपुरमा लाग्ने बिश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलाको संचालक समिति तथा व्यवस्थापन मुल समिति गठन भएकाे छ ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा १११ सदस्यीय समिती गठन भएको महागढीमाई नगपालिकाकाे कार्यालयले जनाएको छ ।

मेलालाई सभ्य  र भव्य बनाउनकाे लागि मुल समिति गठन गरिएकाे तथा छिटै उप समितिहरु समेत गठन हुने नगरप्रमुख यादवले बताए । समितिकाे उपाध्यक्षमा मनोज कुमार गुप्ता, रामचन्द्र प्रसाद साह,  रामबाबु प्रसाद यादव र कैलाश महतो कोइरी चयन भएका छन् ।
त्यसैगरी महासचिवमा  विरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल,
उपेन्द्र प्रसाद गुप्तालाई चयन गरिएको छ ।

गठित समितिकाे सचिवमा उमरावती देवी लहेरीन, नितु कुमारी गुप्ता, विरेन्द्र प्रसाद चौरसिया रहेका छन् ।

सदस्यमा नेपाली काँग्रेस बाट १ जना प्रतिनिधि,ने.पा.ए.माले.बाट १ जना प्रतिनिधि, ने.क.पा. माओबादी बाट १ जना प्रतिनिधि रा.स्व.पा.का प्रमुख वा प्रतिनिधि, नेकपा एकिकृत समाजबादी बाट १ जना प्रतिनिधि ,जनत समाजबादी नेपाल बाट १ जना प्रतिनिधि जनमत पार्टीबाट१ प्रतिनिधि नागरिक उनमुक्तिबाट १ प्रतिनिधि नेपाल जनता दलबाट १ जना प्रतिनिधि रहने नव गठित समितिका अध्यक्ष एव नगर प्रमुख यादवले बताए ।

समिति गठनसंगै मेलाको त्यारी तीब्र पारिएको समितिका महासचिव विरेन्द्र प्रसाद यादवले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय