१५ असोज, काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि यस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो । योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् । अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।