वीरगंज,१५ असाेज – वीरगंजकाे सिर्सिया नदीमा हाम फालेकी वालिकाकाे सब भेटिएकाे छ ।


आईतवार बिहान नदीमा बाढी आएकाे माैका छाेपी आत्महत्या गर्ने अभिप्रायका साथ रानीघाटपुलबाट बाराको प्रसौनी गाउँपलिका वडा न २ खुटवा निवासी राधिका कुमारी दासले हाम फलेका थिए ।
दुई दिनपछि सो बालिकाको शव भेटिएको हो । आज बिहान पुल नजिकै नेकपा ऐमाले पार्टी कार्यालय छेवमा नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ ।

सिर्सिया नदीमा भेटिएकाे शव साेहि बालिकाकाे रहेकाे जिल्ला प्रहरी कर्यालाय पर्साका प्रहरी कर्यालय पर्साले जनाएको छ । शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे पर्सा प्रहरीले जनाएको छ ।