Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

मधेसमा बाढी र डुबानले कृषिक्षेत्रमा ५ अर्बबढीकाे क्षति

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १५ असाेज । के्हीँ दिनअघि परेको अबिरल बर्षापछि आएको बाढी र डुबानका कारणा मधेसको कृषि क्षेत्रमा अर्बौंको क्षति पुगेको छ ।

- Advertisement -

देशभर ठूलो जनधनको क्षति हुने गरी परेको मुसलधारे बर्षापछि आएको बाढी र डुबानमा परेर मधेस प्रदेशको ८ वटै जिल्लामा कृषि क्षेत्रमा अर्बौको क्षति पुर्‍याएको हो ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयको प्रारम्भिक क्षतिको विवरण अनुसार बर्षाले मधेस प्रदेशमा ५ अर्ब ३३ करोड ७५ लाख रुपैंयाको क्षति गरेको छ ।

- Advertisement -

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै कृषि र मत्स्य क्षेत्र प्रभावित भएको छ । ४२ हजार ६९ हेक्टर क्षेत्रफलको धानबालीमा मात्रै ५ अर्ब ४ करोड ८३ लाख रुपैंया बराबरको क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै २३०० हेक्टर क्षेत्रफलको मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षतिको अनुमान गरिएको छ । त्यसैगरी ८५ हेक्टर क्षेत्रफलको उखुमा ३ करोड ४० लाखको क्षति भएको छ । ४३९३ हेक्टर क्षेत्रफलको तरकारीमा क्षति पुग्दा किसानलाई १ करोड ३२ लाखको नोक्सानी भएको छ ।

फलफूलमा ४४ हेक्टर क्षेत्रफल प्रभावित हुँदा ४४ लाखको क्षति भएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षी नोक्सान हुँदा ७७ लाखको क्षति भएको अनुमान गरिएको निर्देशनालयका प्रमुख यादवले बताए ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मधेसको आठ जिल्ला मध्य सबैभन्दा धेरै रौतहटमा धानबालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजारको क्षति भएको छ ।

त्यसपछि सप्तरीमा ९ हजार ३ सय ६७ हेक्टर क्षेत्रफलको धानबाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजारको क्षति भएको छ । बारामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।

त्यस्तै सर्लाहीमा पनि धानबालीमा धेरै क्षति गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार सर्लाहीमा ६ हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा ६९ करोडको क्षति भएको छ । मधेस प्रदेशको धनुषामा ७०० हेक्टरमा क्षति पुर्‍याएको छ ।

सिराहामा कम क्षति गरेको छ । सिराहामा १५८.६ हेक्टर क्षेत्रफलमा मात्रै धानबालीमा क्षति पुगेको छ । पशुपंक्षीमा सबैभन्दा बढी सर्लाहीमा क्षति पु¥याएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षीमा क्षति पुगेको मध्य सर्लाहीको मात्रै १० हजार वटा पशुपंक्षीमा क्षति पुगेको थ्यांकले देखाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार