मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

सप्तरीको विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१५ असोज, काठमाडौं । सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भौतिक संरचना निर्माण, छात्रवृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

- Advertisement -

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकर माध्यमिक विद्यालय बरमझिया, सप्तरीका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार प्रअ गुप्ताविरुद्ध ६ लाख ४९ हजार ९१६ रुपैया बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ । त्यस्तै शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५८३ रुपैयाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३३३ रुपैया बिगो कायम गरी मुद्दामा दायर भएको हो ।

- Advertisement -

अनुसन्धानका क्रममा शौचालय निर्माणमा ६२ हजार ५८३ रुपैयाँ, छात्रवृत्ति रकममा ३ लाख १० हजार ४ सय रुपैयाँ, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा १ लाख २६ हजार २४७ रुपैयाँ र राहत शिक्षकको तलवभत्तामा १ लाख ५० हजार ६६८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार