आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक : प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२२ असाेज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउन तेस्रो जनआन्दोलन आवश्यक भएको बताएका छन् । उनले दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनु पर्ने बताएका छन् ।

- Advertisement -

महान पर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलाल दलतन्त्रबिरुद्ध तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।अ

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । यसका विरुद्धमा हामी एकजुट हुन जरुरी छ’ आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुक आर्थिक संकट तथा प्राकृतिक विपतिबाट गुज्रिरहेको छ । तर सरकार कहाँ छ भनेर पीडितले खोज्दा समेत न्याय नपाउने अवस्था छ ।’

- Advertisement -

‘यस्तो व्यवस्थाले जनताको कल्याण हुँदैन । जनताको चाहना समृद्धि रहेको छ । तर दलका मुखियाहरुले आफ्नो गुट र समूहका लागि काम गर्ने गरेका छन्’ उनले भने, ‘लोकतन्त्रमा दलको नभई जनताको शासन हुनुपर्ने हो । तर अहिले दलमा पनि मुख्य नेता र त्यसपछि त्यसका वरिपरि, गुट, समूह र आसेपासे मोटाउने, लुटने र संरक्षण गर्ने काम भईरहेको छ ।

यस्तो व्यवस्थाले जनताको चाहना पुरा हुन सक्दैन् । यो व्यवस्थाको अन्त्येष्टि गर्नैपर्छ ।’ उनले युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै बर्गहरु अहिलेको व्यवस्थाबिरुद्धमा आवाज उठाउँदै एकजुट भएर आन्दोलनमा होमिनुपर्ने बताए ।

२४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा मार्फत तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष साहले त्यसयता निरन्तर बिभिन्न कार्यक्रम मार्फत आम जनताको शासनका लागि संघर्षमा उत्रिनुपर्ने आवश्यक्ता औल्याउँदै आएका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार