Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

बाराका पूर्व गाविस सचिवविरुद्ध...

बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव...

महावीर पुनले पुस्तक बिक्रीबाट...

बीरगन्ज,०७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बीरगन्जस्थित कृषि औजार कारखाना...

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

धौलागिरी हिमाल आरोहणका क्रममा ५ जना रूसी पर्वतारोहीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा,२२ असाेज । धौलागिरी हिमाल आरोहणका क्रममा वेपत्ता पाँच जना रसियाली पर्वतारोहीको मृत्यु भएको छ।

- Advertisement -

आइतबार विहान ११ बजेदेखि हराएका ती पर्वतारोहीको मंगलबार उद्धारका लागि पुगेको हेलिकोप्टरसहितको टोलीले मृत्यु भएको पुष्टि गरेको हो।

अलेक्जेन्डर दुशेको, डमित्री शालिलेभोइ, भ्लादमिर चिस्तिकोभ, ओलेग कुर्गलोभ र मिखाइल नोसेन्कोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

- Advertisement -

हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरेर काठमाडौँ लगिएको उनको भनाइ छ। मृतकको पनि शव ल्याउने तयारी भइरहेको डिएसपी श्रेष्ठ बताउँछन्।

पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेका छन्। आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनमार्फत उनीहरु तीन हप्ता पहिले धौलागिरीतर्फ प्रस्थान गरेका हुन्।

संसारकै सातौँ अग्लो ८ हजार १६७ मिटर उचाइको धौलागिरी हिमालको शिखरमा पुग्न यो शरदयाममा १४ जना पुरुष पर्वतारोहीले अनुमित लिएका छन्।

ताजा समाचार

spot_img
spot_img

थप समाचार