spot_img

चिनियाँ कम्पनीले पायो नेपाली नोट छाप्ने ठेक्का

spot_img
spot_img

काठमाडाैँ,२३ असाेज । नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्मा चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो।

यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो। प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय