शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

देशैभरी गोवर्धन पूजा, म्हपूजा र नेपाल सम्वत ११४५ काे रौनक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१७ कार्तिक – आज देशभरी तिहारको चौथो दिन गोबर्धन पुजा मनाईदै छ । गोबर्धनलाई गोरु तिहार र हल तिहार भन्ने गरिन्छ । गोरुको पूजा गरिने भएको हुँदा यस पर्वलाई गोरु तिहार भनिएको हो । खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाईएको हो । बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूको विशेष पूजा गरिएको हो । यस दिनलाई हल तिहार पनि भनिन्छ । सयपत्री लगायत अन्य फुलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी ९बाबर० पकाएर खान दिईन्छ । गोरु पूजागर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने गरिन्छ । मधेशमा गाई गोरीलाई सजाएर प्रदर्शन गर्नुको साथै मैदानमा लगेर प्रतियोगिता समेत गर्ने प्रचलन रहदै आएको छ ।

- Advertisement -

आज गोबरलाई गोबर्धन पर्वतको प्रतीकका रुपमा गोबर्धन पूजा गरिन्छ । गोवर्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोबर्धन पर्वतमा ग्वालाहरूसंगै भगवान कृष्ण पनि बस्दथे । ग्वालाहरू देवराज इन्द्रको पूजा गर्दथे, तर जति भक्ति गरेपनि उनीहरूले इन्द्रबाट केहि पाउँदैनथिए । गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा किन गर्नु भनि श्रीकृष्णले एकदिन गोकुलवासीहरुलाई भनेपछि उनीहरुले पनि पूजा गर्न छाडे । बरु इन्द्रको साटो उनीहरुले खनिज, घाँस, पानी र दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टा गोबर्धन पर्वतको पूजा हुन थालेपछि इन्द्रले पनि रिस थाम्न नसकि गोकुलमा भिषण असिना पानीको बर्षा गराईदिए । गोपालहरु असिना पानीले त्राहित्राही बनेको देखेर कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको कल्याण गरी आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्विकार गरी कृष्ण समक्ष क्षमा मागे । भनिन्छ, उक्त दिन कार्तिक शुक्ल प्रतिपदाको दिन भएको र त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

गोबर्धन पूजा सकिएपछि आजैदेखि देउसी खेल्ने चलन पनि छ । देउसीमा नाचगान गरी घरघरमा आर्शिवाद बाँडिन्छ । देउसी खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको भनाई छ । तिहार पर्व देउसीकै कारण पनि लोकप्रिय बनेको हो । देउसेहरुले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् । लक्ष्मीपूजाका दिनदेखि भैलो खेलिन्छ भने गोरु पूजाका दिनदेखि यसरी देउसी खेल्ने चलन रहेको छ ।

- Advertisement -

आजै कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्हः पूजा गरेर धुमधामका साथ मनाउँदै छन् । नेवारी समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ ।
आजै नेपाल सम्बत्

आज नेपाल सम्बत् समेत फेरिने भएकोले नेपाल सम्बत् अनुसारको नयाँ वर्ष पनि मनाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३५ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्बत् नै नेपाल संवत् हो । उक्त दिन आजै भएकोले नेपाल सम्बत् अनुसार नयाँ वर्ष मनाईन्छ । यस उपलक्ष्यमा ‘न्हू दँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल सम्बत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विशेषतस् नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक सम्बत् पनि हो । तत्कालिन अवस्थामा भक्तपुरका राजा राघव देवको आदेश अनुसार सरकारी कार्यालहरुमा यो सम्बत् लागू गरिएको थियो भने पछि चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन बिक्रम सम्बत् अनुसार कार्तिक शुक्ल पक्षका दिनमा पर्दछ । यो सम्बत् अनुसार एउटा औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास गणना गरिएको छ । सोहि अनुसार १२ औंसीको एक वर्ष मानिएको छ, जस अनुसार ३५४ दिनको एकवर्ष हुन जान्छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार