बुटवल । अर्घाखाँचीमा आज साँझ भारतीय नम्बरको कार दुर्घटना भएकाे छ । सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहबाट सन्धिखर्कतर्फ आउँदै गरेको एच आर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भई ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी चत्र बहादुर मल्लका अनुसार, दुर्घटनामा गाडी पूर्णरुपमा क्षति भएको छ। उद्धारका लागि सुरक्षाकर्मी र स्थानियहरूको टोली घटनास्थलमा पुगेका छन्। उद्धारमा एक जनाको सफल उद्धार भए पनि अन्य व्यक्तिहरूको उद्धारमा समस्या भइरहेको जानकारी प्राप्त भएको छ।
दुर्घटनाको कारण र अन्य विवरणहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
।