शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुँदा ७५ दिनमा साढे ३० करोड रुपैयाँ नोक्सान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कार्तिक । निर्धारित कार्यतालिकामा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुँदा नेपाल आयल निगमले पछिल्लो ७५ दिनमा बचत हुनुपर्ने ३० करोड ६० लाख रुपैयाँ ढुवानी शीर्षकमा नोक्सानी बेहोरेको छ ।

- Advertisement -

कार्यतालिकाअनुसार साउन पहिलो साता (अगस्ट) देखि उक्त पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात हुनुपर्ने थियो । तर इण्डियन आयल कर्पोरेशन(आईओसी)को ढिला सुस्तीका कारण हालसम्म यो पाइपलाइनबाट पेट्रोल आयात हुन सकेको छैन ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणअन्तर्गत यसअघि गत वर्षको अप्रिलबाट उक्त पाइपलाइनबाट पेट्रोल खसाल्ने योजना थियो । त्यो बेला भारतीय पक्षले भौतिक पूर्वाधार निर्माण र उपकरण जडान कार्यमा गरेको ढिला सुस्तीका कारण निर्धारित समयमा पेट्रोल ल्याउने काम प्रभावित भएको थियो ।

- Advertisement -

दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि आईओसीले लिखिता इन्फ्रास्ट्रक्चरसँग सम्झौता गरेको छ । पाइपलाइन अन्तर्गत पेट्रोल भण्डारण गर्ने ट्रकट्याँक निर्माणमा ढिलाई भएको हुँदा निर्धारित समयमा पाइपलाइनबाट पेट्रोल खसाल्न नसकिएको हो ।

पाइपलाइनबाट आयात हुन नसक्दा बरौनी–अमलेखगञ्जसम्म ट्याँकरबाट पेट्रोल आयात हुँदै आएको छ । उता निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने आगामी नोभेम्वरदेखि पाइपलाइनबाट नियमित रुपमा अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालय डिपोमा पेट्रोल खसाल्ने योजना अघि बढेको जानकारी दिए ।

‘भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सकेर पाइपलाइनबाट पेट्रोल ल्याएर टेस्टिङ्ग गर्ने काम पनि सम्पन्न भइसकेको छ, अब उद्घाटन गरेर नियमित रुपमा पेट्रोल ल्याउने हो,’ भट्टले भने,। ‘

यसरी तोकिएको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेपछि नियमित रुपमा पाइपलाइनबाट पेट्रोल खसालिने योजना छ । बरौनीबाट भैरहवा, पोखरा, बीरगन्ज, काठमाडौं र बिराटनगर डिपोसम्म मासिक ३६ हजार(३ करोड ६० लाख लिटर) देखि ४० हजार किलोलिटर(४ करोड लिटर) पेट्रोल ट्याँकरमार्फत ढुवानी हुँदै आएको छ ।

निर्धारित कार्यतालिकाअनुसार पछिल्लो समयमा अगस्तदेखि पाइपलाइनबाट ढुवानी हुनुपर्ने थियो । तर निर्माणपक्षको ढिलाईले ढुवानी नहुँदा पछिल्लो समयमा करिब ७५ दिन अर्थात अढाई महिना बरौंनीबाट ट्यांकरमार्फत पेट्रोल ढुवानी भएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार पाइपलाइनमार्फत पेट्रोल आयात नहुँदा शनिबारको विदा वाहेक करिब ७५ दिन ट्याँकरमार्फत बरौंनीबाट सोझै काठमाडौंसहित भैरहवा, पोखरा, बीरगन्ज र बिराटनगर डिपोसम्म पेट्रोल ढुवानी भएको छ ।

निगमका अनुसार बरौंनीबाट अमलेखगञ्जसम्म ढुवानी गर्दा प्रतिलिटर ३ रुपैयाँ ४० पैसा ढुवानी खर्च लाग्छ । यस्तै अमलेखगञ्जबाट काठमाडौंको थानकोट डिपोसम्म ढुवानी गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा खर्च लाग्छ । डिजेलको मूल्य थपघट हुँदा यो ढुवानी खर्र्च पनि थपघट हुन्छ ।

अहिलेसम्म के के काम सकियो ?

अमलेखगञ्ज डिपोमा पेट्रोल झार्ने बिषयमा निगम र आईओसीबीच सम्झौता भएको थियो । यो सम्झौताअनुसार सन् २०२४ को मार्च २ (फागुन १९ गते) मा पहिलो र दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

निर्माण कार्य सम्पन्न भएपश्चात् परीक्षण गरेर अप्रिलदेखि पाइपलाइनबाट पेट्रोल ल्याउने लक्ष्य राखिएको थियो ।

सम्झौताअनुसार पहिलो चरणअन्तर्गत आईओसीले ४ हजार १ सय किलोलिटर (४१ लाख लिटर) क्षमताको पेट्रोल भण्डारण गर्ने एउटा ट्यांक, २ सय ५० किलोलिटर (२ लाख ५० हजार लिटर) क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक र ३ हजार १ सय किलोलिटर (३१ लाख लिटर) को दुई फायर वाटर ट्यांक निर्माण गर्नुपर्ने थियो ।

सम्झौताअनुसार दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणको जिम्मेवारी निगमले पाएको थियो । निगमले ४ हजार १ सय किलोलिटर (४१ लाख लिटर) क्षमताको पेट्रोल भण्डारण गर्ने दोश्रो ट्यांक, अत्याधुनिक प्रयोगशाला, पम्प हाउस, फायर फाइटिङ स्तरोन्नति, आयल वाटर सेपरेटर, कन्ट्रोल रुम र एकै पटकमा २४ वटा ट्यांकमा इन्धन भर्न सक्ने क्षमताको २४ वे टीएलएफ निर्माण गर्नुपर्ने थियो ।

सम्झौताअनुसार भारतीय पक्ष र निगम पक्षले आ–आफ्नो जिम्मेवारीमा परेको भौतिक पूर्वाधारको निर्माण सम्पन्न गरिसकेको आचार्यले जानकारी दिए ।

पाइपलाइनका कारण थप ७० करोड ढुवानी खर्च जोगिने

निगमले मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत भित्र्याइने पेट्रोलका कारण निगमले वार्षिक रुपमा थप करिब ७० करोड रुपैयाँ ढुवानी शिर्षकअन्तर्गत बचत हुने जनाएको छ ।

नेपालमा वार्षिक ७ लाख किलोलिटर (७० करोड लिटर) पेट्रोल खपत हुन्छ । यसमध्ये पाइपलाइनबाट ७० प्रतिशतका दरले ४ लाख ९० हजार किलोलिटर (४९ करोड लिटर) आयात गर्ने लक्ष्य निगमले राखेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार