शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कार्तिक । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ ।

- Advertisement -

यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको आवेदनमा ५ हजार १६१ उद्यमीले परियोजना प्रस्ताव पेश गरेका थिए । यो कार्यक्रम सञ्चालन गरिरहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि आवेदन परेका परियोजनाको मूल्यांकनको काम शुरू गरेको छ ।

भदौ ११ गते यस्तो कर्जा दिनका लागि प्रतिष्ठानले परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यसको २१ दिनसम्ममा उद्यमीहरूले साविकको प्रणाली र अनलाइन माध्यमबाट गरेर ५ हजार १६१ आवेदन दिएका थिए । प्रतिष्ठानले सूचीकृत गरेका ती परियोजना सर्टलिस्ट गर्ने काम मङ्सिर दोस्रो सातासम्ममा सम्पन्न गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले बताए ।

- Advertisement -

उनका अनुसार मङ्सिर दोस्रो साता सर्टलिस्ट सम्पन्न गरेर पुसदेखि नै योग्य स्टार्टअप उद्यमीलाई कर्जा दिन शुरू गरिनेछ । सरकारले चालू आर्थिक वर्षमा ६०० जनालाई स्टार्टअप उद्यम कर्जा दिने भनेको छ । त्यसअनुसार उक्त आवेदन परेको हो । सरकारले गत आव २०८०/८१ देखि कार्यान्वयनमा ल्याएको स्टार्टअप उद्यम कर्जा दिन प्रतिष्ठान र सम्बद्ध अन्य निकायबीच पनि सम्झौता भइसकेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत प्रवाह हुने कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गर्नेगरी भदौमा सम्झौता भइसकेको छ भने कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग पनि सम्झौता भएको छ ।

यसले गर्दा पनि सर्टलिस्ट छिटो टुंग्याउनुका साथै अन्य प्रक्रिया छिटो गरेर पुसदेखि कर्जा प्रवाह गर्ने तयारी भएको उनको भनाइ छ । यद्यपि सरकारले गतवर्षदेखि मात्रै कर्जा दिन शुरू गरेको हो । कर्जा प्रवाह र त्यससँग सम्बद्ध कार्यक्रम सञ्चालन गर्न सरकारले चालू आवका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

उद्यमीले सरकारबाट आफ्नो उद्यम अघि बढाउन अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । गत आवमा १ हजार ६५८ परियोजनामध्ये कर्जाका लागि प्रतिष्ठानले १८३ उद्यमीलाई सिफारिश गरेको थियो । त्यसमध्ये जम्मा १६५ स्टार्टअप उद्यमीलाई कर्जा प्रवाह भइसकेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार