शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
16.2 C
Birgunj
spot_imgspot_imgspot_img

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कार्तिक । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

- Advertisement -

बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेको थियो । हिरासतमा भएकाले उनले यो पटक भाइटीका लगाउन नपाएको रास्वपा नेता दीपक बोहोराको भनाइ छ ।

- Advertisement -

बोहोराका अनुसार रविलाई शुभेच्छुक र दुई जना दिदीहरूले फोटोमै टिका लगाएका छन् । उनी हिरासत रहँदा विभिन्न पुस्तकहरूको अध्ययन गरिरहेको रास्वपा नेताहरूको भनाइ छ ।

रविको बयान सकिएपछि उनीसँग जोडिएका अन्य व्यक्तिहरूको विषयमा पनि प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार