शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साकाे पकाहामैनपुरमा जग्गाको विवादमा झडप, १० जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१९ कार्तिक – पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।

अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।

- Advertisement -

किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजिय महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धर्मजिय महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

किशोरी महतो पक्षका अनिल कुशवाहा र राधेश्याम कुशवाहा निजामती कर्मचारीको धाकधम्की लगाउँदै गाउँघरमा झडप गर्दै आएका छन् । २ महिना अगाडि राधेश्याम कुशवाहा आफू अदालतको कर्मचारी भएको बल देखाउँदै एक जना वृद्धलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासत बसी ५ हजारको धरौटीमा छुटेका हुन ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार