Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
21.5 C
Birgunj
spot_img

घडिअर्वा स्पोर्ट्स क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ पोका रगत संकलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हिन्दुहरुको महान पर्व छठको अवसरमा वीरगञ्जस्थित घडिअर्वा स्पोर्ट्स क्लबले विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। घडिअर्वा पोखरी परिसरमा आयोजित यस कार्यक्रमले ४८ पोका रगत संकलन गर्न सफल भएको छ, जसले छठ पूजा व्यवस्थापन समितिको सक्रिय सहयोग पाएको थियो।

रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरे। नगर प्रमुख सिंहले रक्तदानलाई मानवताको सर्वोच्च सेवा भनेका छन्, र यस प्रकारका कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले रक्तदान कार्यक्रमले स्थानीय ब्लड बैंकलाई रक्त आपूर्तिमा योगदान पुर्‍याएको उल्लेख गर्दै छठ पर्वको समयमा क्षेत्रका बिरामीहरूलाई विशेष राहत मिल्ने आशा व्यक्त गरे।

रक्तदान कार्यक्रममा वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु, क्लबका अध्यक्ष संतोष साह, खुशी मरहठा, लखनलाल गुप्ता, नेहा ठाकुर, अमृता मल्लीक, आनन्द साह, अंगद साह, रोशन साह कानु, प्रमोद यादव, मनोज कलवार, गायत्री कुमारी, जितेन्द्र सिंह, घनश्याम गुप्ता, बलिराम साह लगायतका व्यक्तिहरूले रगत दान गरे। यसबारे वीरगन्जस्थित रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिएका छन्।

कार्यक्रममा घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष गुप्ता, छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, तथा पूर्वअध्यक्ष प्रमानन्द साह कानु, रामनगीना साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह, कोषाध्यक्ष कन्हैया गुप्ता, र क्लबका उपाध्यक्ष मनोहर साहलगायतको उपस्थिती रहेको थियो।

ताजा समाचार

थप समाचार