शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
16.2 C
Birgunj
spot_imgspot_imgspot_img

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१९ कार्तिक । बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।

- Advertisement -

सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

‘आज बिहानैदेखि परेको पानीले काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्मको एक स्थानमा माथिबाट लेदो झरेर थुप्रिएको छ । अहिले सवारी एकतर्फी सञ्चालन भइरहेको छ,’ उनले भने, लेदो हटाउन स्काभेटर पठाइसकेका छौँ । साँझसम्म दुईतर्फी नै सञ्चालनमा आउँछ ।’

- Advertisement -

सोमबार साँझसम्म दुईतर्फी सञ्चालनमा आउने उनको भनाइ छ । गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।

चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनः निर्माण गरी सञ्चालनमा आएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार