विरगंज, २२ कात्तिक: लोक आस्था र सूर्य उपासनाको महापर्व छठको मुख्य दिन बिहीबार साँझ ब्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ चढाएर पर्व मनाएका छन्। कार्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई पर्वको मुख्य दिन मानिन्छ, जसलाई साँझको अर्घ दिने परम्पराका रूपमा “सँझीया घाट” पनि भनिन्छ।
विरगंजको घडीअर्वा पोखरी,लक्ष्मणवा, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैया लगायतका छठघाटमा हजारौं श्रद्धालुहरूको उपस्थिति रहेको थियो। ब्रतालुहरूले गहुँ वा चामलको पिठोबाट बनेको ठेकुवा, विभिन्न फलफूल, र प्रसादहरूसहित सूर्य र छठी मातालाई अर्पण गरेका थिए।
शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रूपमा छठ पर्वको समापन हुनेछ।