शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
16.2 C
Birgunj
spot_imgspot_imgspot_img

तराई–मधेसमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विरगंज: तराई–मधेससँगै नेपालभरका हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थासाथ मनाउने लोक आस्था र प्रकृति पूजनको महापर्व छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधिहरू पालना गर्दै मनाइने यो पर्व आज सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि समापन भएको हो।

- Advertisement -

छठको अन्तिम दिन व्रतालुहरूले प्रसाद र फलफूल सुपली र ढकनीमा सजाएर सूर्य उदाउनु अघि नै जलाशयमा प्रवेश गरी अर्घ्य दिए। यस चार दिने पर्वको पहिलो दिन मंगलबार व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए।

बुधबार ‘खरना’ को विधिमा दिनभर उपवास बसेर साँझमा दूध र चामलबाट बनेको खिर, केरा, र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा वितरण गरियो। बिहीबार साँझमा ‘सँझीया घाट’ का दिन व्रतालुहरूले नदी, पोखरी, र तलाउमा गएर बाँसको सुपलीमा ठेकुवा, उखु, केरा, र अन्य फलफूलहरू राखी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरे।

- Advertisement -

बिहीबार राति कोसी पूजा सम्पन्न गरिसकेपछि शुक्रबार बिहान व्रतालुहरूले पुनः चोखो भई जलाशयमा गएर सूर्य उदाउने बेला अर्घ्य अर्पण गरेका थिए। व्रतालु महिलाहरूले एकअर्कालाई सिन्दूर लगाइदिएर पर्वको समाप्ति भएको संकेत गरे।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रूपमा समापन भएको छ, जसले तराई–मधेसमा उल्लासमय वातावरण सिर्जना गरेको छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार