२४ कात्तिक, काठमाडौं – नेकपा एमालेले मानव तस्करी आरोप लागेका कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ। एमाले कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै अधिकारीमाथि शीघ्र छानबिन र सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ।
प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले कानुनी शासनको पक्षमा उभिएको पार्टीको नाताले गम्भीर आरोपको छानबिन नगरी अधिकारीलाई कुनै जिम्मेवारीमा नरहने व्यवस्था गरिएको जानकारी दिएका छन्। मन्त्री पदबाट राजीनामा दिएका अधिकारी जापान भ्रमणमा अन्य केही व्यक्तिसँगै सहभागी भएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको हो।