शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

यु-१९ एशिया कपमा वीरगंजका रन्जितको चयन, स्थानीय क्रिकेटमा उत्साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज – आगामी महिनामा हुने यु-१९ एशिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। विशेष चर्चा बटुलेका खेलाडी हुन् वीरगंज महानगरपालिका वडा नम्बर १२, मुर्ली निवासी १७ वर्षीय रन्जित कुमार, जसको छनोटले वीरगंज र आसपासका क्षेत्रका क्रिकेटप्रेमीहरूमा उत्साह थपेको छ।

- Advertisement -

रन्जित यसअघि नेपाल ‘ए’ टिमबाट खेलिसकेका छन्, जसले उनको प्रतिभा र खेलप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको छ। क्यानको यो छनोटले वीरगंजका युवा खेलाडीहरूको राष्ट्रिय स्तरमा उपस्थिति बलियो बनाउने अपेक्षा गरिएको छ।

पर्सा जिल्ला क्रिकेट संघका प्रशिक्षक जहुर अन्सरी

रन्जितको छनोटलाई पर्सा जिल्ला क्रिकेट संघका प्रशिक्षक जहुर अन्सरीले पनि सकारात्मक दृष्टिकोणले हेरिरहेका छन्। उनका अनुसार, रन्जितको सफलता वीरगंज र पर्साका अन्य खेलाडीहरूको लागि प्रेरणादायी छ र यसले पर्साको खेलाडीलाई थप उर्जा मिल्ने बताए साथै रन्जितले नेपाल ‘ए’ टिमबाट उत्कृष्ट प्रदर्शन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेको उनले बताए ।

- Advertisement -

टीममा उपकप्तानको भूमिका अर्जुन कुमालले पाएका छन्, भने मुख्य प्रशिक्षकको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ। नेपालले यु-१९ एशिया कपको पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग खेल्नेछ, त्यसपछि मंसिर १६ मा बंगलादेश र मंसिर १८ मा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिमका सदस्यहरू:
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली, र वीरगंजका रन्जित कुमार।

रन्जितको यो अवसरले पर्साका युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ र यस क्षेत्रमा क्रिकेट विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार